1. मिति २०२१।०२।२५ मा ओमानका लागि नेपालका महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि यमनका महामहिम राजदूत डा. खालिद विन सलेह विन सतीफज्यूलाई नेपाली राजदूतावास मस्कटमा स्वागत गर्नुभयो।
2. मिति २०२१।०३।०१ मा महामहिम राजदूतज्यूले ओमानको परराष्ट्र मन्त्रालयको संयोजनमा ओमानस्थित कूटनीतिक क्लबमा आयोजना भएको “ National Campaign for Human Trafficking” विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागिता जनाउनुभयो।
3. महामहिम राजदूतज्यूले मिति २०२१।०३।०१ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित “ Women Leadership for Rapid Economic Development of Nepal” विषयक कार्यक्रममा सहभागी भई आफ्ना विचारहरू व्यक्त गर्नुभयो।
4. मिति २०२१।०३।०७ मा महामहिम राजदूतज्यूले ओमानस्थित रोमानिया दूतावासका कार्यवाहक राजदूत श्री मिर्सी चिटकज्यूलाई नेपाली राजदूतावास, मस्कटमा स्वागत गर्नुभयो।
5. मिति २०२१।०३।१५ मा महामहिम राजदूतज्यूले ओमानको परराष्ट्र मन्त्रालयका कूटनीतिक मामिला सचिव महामहिम शेख खालिफा विन अलि अल हार्थीज्यूसँग द्बिपक्षीय सम्बन्धका महत्वपूर्ण विविध विषयहरूमा छलफल गर्नुभयो।
6. मिति २०२१।०३।१५ मा महामहिम राजदूतज्यूले ओमानको ऊर्जा तथा खानी मन्त्रालयका सचिव महामहिम ई. सलिम विन नासेर अल अफीज्यूँग ऊर्जा तथा खानीको क्षेत्रमा नेपाल र ओमान बीचको सहकार्य सम्बन्धमा छलफल गर्नुभयो।
7. मिति २०२१।०३।२६ मा महामहिम राजदूतज्यूले ओमानस्थित गैर आवासीय नेपाली सोसल क्लबको साधारण सभामा वेविनार मार्फत प्रमुख अतिथिको रूपमा सहभागी भई पुरानो कार्य समितिलाई बधाई तथा नयाँ कार्य समितिलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो।
8. महामहिम राजदूतज्यूले मिति २०२१।०४।०१ मा ओमानका लागि ट्यूनिसियका महामहिम राजदूत एजेड्डिन एटिसज्यूसँग आफ्नै कार्यकक्षमा भेटवार्ता गर्नुभयो।
9. मिति २०२१।०४।०५ मा महामहिम राजदूतज्यूले बहराइन दूतावासद्बारा “International Conscience Day” को अवसरमा आयोजित वेभिनारमा सहभागिता जनाउनु भई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति कायम राख्न नेपालले खेलेको भूमिकाका सम्बन्धमा चर्चा गर्नुभयो।
10. मिति २०२१।०४।११ मा महामहिम राजदूतज्यूले ओमानका State Council Member तथा ओमानस्थित Infrastructure, Technology, Industrial & Consumer Solutions (ITICS) at Mohsin Haider Darwish LLC का Chairperson Honorable Lujaina Mohsin Haider Darwish तथा Automotive, Construction Equipment & Renewable Energy (ACERE) cluster of MHD LLC. का Chairperson Mrs. Areej Mohsin Haider Darwish ज्यूसँग भेट गर्नुभयो।
11. मिति २०२१।०४।१२ मा महामहिम राजदूतज्यूले मस्कटस्थित Mumtaz Tea को भ्रमण गर्नुभयो।
12. मिति २०२१।०४।१४ मा महामहिम राजदूतज्यूले नेपाली नयाँ वर्ष संवत् २०७८ सालको पावन अवसरमा Overseas Nepali Unity Forum International Committee को आयोजनामा सम्पन्न नेपालका सम्माननीय प्रधानमन्त्रीज्यू तथा विदेशस्थित सम्पूर्ण नेपाली कूटनीतिक नियोगका प्रमुखज्यूहरूको सहभागिता रहेको कार्यक्रम “Nepalese New Year B.S. 2078 Celebration Ceremony” मा सहभागिता जनाउनु भयो ।

मिति 2020 अक्टोबर 9-11 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले अनलाइनबाट आयोजना भएको NRN Global Knowledge Convention मा सहभागिता जनाउनु भयो।
सम्माननीय प्रधानमन्त्रीज्यूले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा माननीय परराष्ट्र मन्त्रीज्यू लगायत अन्य विशिष्ट पदाधिकारीहरूले सहभागिता जनाउनु भएको थियो।कार्यक्रमको दोस्रो दिन माननीय उपेन्द्र यादवले अध्यक्षता गर्नु भएको एक छलफल शत्रमा सहभागी हुँदै महामहिमले कोभिड-19 ले समग्र खाडी क्षेत्रमा रहेका नेपाली कामदारहरूलाई परेको प्रभाव र नेपाली दूतावास तथा नेपाल सरकारले गरेका प्रयत्नहरूबारे आफ्नो प्रस्तुति दिनु भएको थियो।

मिति 2020 अक्टोवर 16 र 17 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले अनलाईन मार्फत आयोजना भएको गैरआवासीय नेपाली संघको मध्यपूर्वको क्षेत्रीय भेलामा सहभागिता जनाउनु भयो।
उक्त कार्यक्रममा महामहिमज्यूले महिला कामदार र समग्र कामदारहरूलाई कोभिड-19 ले पारेको प्रभाव र अबका दिनमा चाल्नु पर्न कदमहरूका बारेमा विचार विमर्श गर्नु भएको थियो।

.मिति 2020 अक्टोबर 9-11 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले अनलाइनबाट आयोजना भएको NRN Global Knowledge Convention मा सहभागिता जनाउनु भयो।
सम्माननीय प्रधानमन्त्रीज्यूले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा माननीय परराष्ट्र मन्त्रीज्यू लगायत अन्य विशिष्ट पदाधिकारीहरूले सहभागिता जनाउनु भएको थियो।कार्यक्रमको दोस्रो दिन माननीय उपेन्द्र यादवले अध्यक्षता गर्नु भएको एक छलफल शत्रमा सहभागी हुँदै महामहिमले कोभिड-19 ले समग्र खाडी क्षेत्रमा रहेका नेपाली कामदारहरूलाई परेको प्रभाव र नेपाली दूतावास तथा नेपाल सरकारले गरेका प्रयत्नहरूबारे आफ्नो प्रस्तुति दिनु भएको थियो

मिति 2020 अक्टोबर 13 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूलाई ओमानका लागि कतारका राजदूत H.E. Shaikh Jassim bin Abdulrahman Al-Thani नेपाली दूतावासमा भेटघाट गर्नुभयो। उक्त अवसरमा महामहिमहरूबीच आपसी हित, कोरोना महामारीको प्रभाव लगायत ओमानमा विकास भएका घटनाक्रमहरूको बारेमा छलफल भएको थियो।

मिति 2020 सेप्टेम्बर 30 मा महामहिम राजदूत सर्मिला पराजुली ढकालज्यूले कुवेतका राजा शेख सबाह अल अहमद अल सबाह् को 2020 सेप्टेम्बर 29 मा भएको असामयिक निधनबारे दुःख प्रकट गर्दै मस्कटस्थित कुवेतको दूतावासमा राखिएको शोक पुस्तिकामा समवेदना सन्देश व्यक्त गर्नु भयो।

10 नोभेम्बर 2020 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यू ओमानको परराष्ट्र मन्त्रालयले नयाँ परराष्ट्र मन्त्री महामहिम सइद बद्र बिन हमाद बिन हमुद अल बुसैदीसँग यहाँस्थित राजदूतहरूलाई आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुनुभयो।
उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरू एवम् अन्य देशका ओमानका लागि राजदूतज्यूहरू उपस्थित हुनु भएको थियो।

14 नोभेम्बर 2020 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले आफ्नो कार्यकक्षमा नेपालका ओलम्पिक कमिटिका अध्यक्ष माननीय श्री जीवनराम श्रेष्ठज्यू र महासचिव श्री निलेन्द्रराज श्रेष्ठज्यूलाई नेपाली दूतावासमा स्वागत गर्दै नेपालको अहिलेसम्मको खेलकुद गतिविधिबारे छलफल गरिऐको थियो !
माननीयज्यूहरू 16 डिसेम्बर 2020 मा ओमानमा हुने एसिया ओलम्पिक परिषद्को 39औं महासभामा भाग लिन ओमान आउनु भएको थियो।

11 जनवरी 2021 मा श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि जापानका राजदूत महामहिम श्री तोसिनोरी कोबयासीज्यूलाई जापानको राजदूतावासमा भेटघाट गर्नभयो। महामहिमहरूबीच उक्त भेटघाटमा नेपाल-जापान सम्बन्ध, आपसी हित र सहयोगका विषयहरूमा विचार आदान-प्रदान भएका थियो।

7 जनवरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि सिरियाका राजदूत महामहिम बसाम सैफ इद्दिन अल्ख्तिबज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमहरूले सिरिया र नेपालको पछिल्लो स्थिति, ओमानलागयत खाडी राष्ट्रहरूमा विकसित परिस्थिति एवम् आपसी हितका साझा मामिलाहरूमा छलफल भएको थियो।

10 जनवरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि दक्षिण अफ्रिकाका राजदूत महामहिम मनाविल शोगोलेज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमहरूबीच आपसी हितका साझा मामिलाहरू लगायत समसामयिक विषयहरूमा छलफल भएको थियो।

15 डिसेम्बर २०२० मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यू ओमानको परराष्ट्र मन्त्रालयले आयोजना गरेको “Human Trafficking Issues” विषयमा भएको अन्तरक्रियामा सहभागी हुनुभयो।उक्त कार्यक्रममा ओमानको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा ओमान स्थित विभिन्न देशका कुटनीतिक नियोगका महामहिमज्यूहरुको उपस्थिति रहेको थियो।
सो अन्तरक्रियामा महामहिम राजदूत ढकालज्यूले ओमानले Human Trafficking मुद्दामा पहल गर्न लागेको कदमको उच्च प्रशंसा गर्नुका साथै Human Trafficking का पिडितहरुका लागि साझा सेल्टरको व्यवस्था गर्ने विषयले पिडितहरुलाई निकै राहत हुने बताउनु भयो।
साथै कार्यक्रममा विभिन्न Labour Sending Country का नियोगहरुबाट प्रतिनिधित्व गर्नु भएका महामहिमज्यूहरुले आ-आफ्नो भनाईहरु राख्नु भयो।
ओमानको परराष्ट्र मन्त्रालयको तर्फबाट अन्तरक्रियामा सहभागीहरुबाट आएका विभिन्न विचार एवं सुझावहरुको स्वागत गर्दै ओमानले Human Trafficking को समस्यालाई न्यूनिकरण गर्न संयुक्त रुपमा पहल गर्नु पर्ने कुरामा जोड दिइएको थियो।

10 जनवरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि यमनका राजदूत महामहिम डा. खालिद विन सलेह विन शातेफज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नु भयो। महामहिमज्यूले उक्त भेटमा यमनमा पछिल्लो समय भएको हिंसात्मक घटनाप्रति खेद प्रकट गर्दै नेपाल सधैं शान्तिको पक्षमा रहेको प्रतिवद्धता जाहेर गर्नु भयो।
छलफलमा आपसी हित लगायत अन्य कूटनीतिक विषयहरूमा समेत छलफल भएको थियो।

6 जनवरी 2021 मा महामहिम राजदूतज्यू ओमानस्थित साउदी अरबको राजदूत निवासमा आयोजित चियापान कार्यक्रममा सरिक हुनुभयो। महिला कूटनीतिज्ञहरूको समुस्पथितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

29 डिसेम्बर २०२० मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि मोरक्कोका राजदूत महामहिम तारिक अल हिसनज्यूलाई नेपाली दूतावासमा भेटघाट गर्नुभयो।
उक्त भेटघाटमा महामहिमहरूबीच ओमानमा कूटनीतिक गतिविधि, कोभिड-19 को अवस्था लगायत दुई देशका सम्बन्धहरूबीच वार्तलाप भएको थियो। महामहिम तारक अल हिसनज्यू कूटनीतिक समुदायको डिन हुनुहुन्छ।

29 डिसेम्बर २०२० मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि लक्जेमबर्गका नवनियुक्त Honorary Consul डा. आदिल अल शाफरीज्यूलाई नेपाली दूतावासमा भेटघाट गर्नुभयो।
उक्त भेटमा वहाँहरूबीच लगानी प्रबर्द्धन, दिपक्षीय व्यपार वृद्धि लगायत विषयहरूमा छलफल भएको थियो।

11 जनवरी 2021 मा श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि फिलिपिन्सकी राजदूत महामहिम श्री इमेल्डा पानोलोङज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले श्रम बजारको पछिल्लो अवस्था एवम् सहकार्य एवम् अन्य कूटनीतिक विषयहरूमा छलफल गर्नु भएको थियो।

07 फेब्रुअरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि साइप्रस गणतन्त्रका महामहिम आन्द्रेयस् निकोलेद्सलाई नेपाली दूतवासमा भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित लगायत सहयोगका विषयमा छलफल भएको थियो।

१३ जनवरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि अष्ट्रियाका राजदूत महामहिम क्रिष्टिन ब्रुनमेरज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले अष्ट्रिया र नेपालबीचको द्विपक्षीय सम्बन्ध, कोरोनाभाइरसको कारणले श्रृजना भएको पछिल्लो स्थिति, ओमानलागयत खाडी राष्ट्रहरूमा विकसित परिस्थिति एवम् आपसी हितका साझा मामिलाहरूमा छलफल भएको थियो।

26 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यू नेपालको परराष्ट्र मन्त्रालयले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभयो। उक्त कार्यक्रममा नेपालको निर्यात प्रबर्द्धनमा विभिन्न दूतावासले के कस्तो भूमिका खेल्न सक्छन् भन्ने विषयमा अन्तर्क्रिया भएको थियो। कार्यक्रमको शुरूवातमा श्रीमान् वाणिज्य सचिवज्यूले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउँदै सहभागीहरूलाई प्रस्तुतीका बारेमा प्रष्ट पार्नुभएको थियो।साथै श्रीमान् परराष्ट सचिवज्यूले आगामी दिनमा दूतावासहरूले निर्यात प्रबर्द्धन लगायतका आर्थिक कूटनीतिक कार्यक्रममा विशेष प्रयत्न गर्न सुझाव दिनुभएको थियो भने उक्त कार्यक्रममा विभिन्न मुलुकमा रहेका नेपाली दूतावासका महामहिम राजदूतज्यूहरू तथा सम्बन्धित पदाधिकारीहरू सहभागी हुनु भएको थियो। उक्त कार्यक्रममा देशगत रूपमा केन्द्रति रहेर निर्यात प्रबर्द्धनका रणनीति तर्जुमा गर्न निर्देशन समेत दिएको थियो।

26 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यू नेपालको परराष्ट्र मन्त्रालयले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभयो। उक्त कार्यक्रममा नेपालको निर्यात प्रबर्द्धनमा विभिन्न दूतावासले के कस्तो भूमिका खेल्न सक्छन् भन्ने विषयमा अन्तर्क्रिया भएको थियो। कार्यक्रमको शुरूवातमा श्रीमान् वाणिज्य सचिवज्यूले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउँदै सहभागीहरूलाई प्रस्तुतीका बारेमा प्रष्ट पार्नुभएको थियो।साथै श्रीमान् परराष्ट सचिवज्यूले आगामी दिनमा दूतावासहरूले निर्यात प्रबर्द्धन लगायतका आर्थिक कूटनीतिक कार्यक्रममा विशेष प्रयत्न गर्न सुझाव दिनुभएको थियो भने उक्त कार्यक्रममा विभिन्न मुलुकमा रहेका नेपाली दूतावासका महामहिम राजदूतज्यूहरू तथा सम्बन्धित पदाधिकारीहरू सहभागी हुनु भएको थियो। उक्त कार्यक्रममा देशगत रूपमा केन्द्रति रहेर निर्यात प्रबर्द्धनका रणनीति तर्जुमा गर्न निर्देशन समेत दिएको थियो।

26 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यू नेपालको परराष्ट्र मन्त्रालयले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभयो। उक्त कार्यक्रममा नेपालको निर्यात प्रबर्द्धनमा विभिन्न दूतावासले के कस्तो भूमिका खेल्न सक्छन् भन्ने विषयमा अन्तर्क्रिया भएको थियो। कार्यक्रमको शुरूवातमा श्रीमान् वाणिज्य सचिवज्यूले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउँदै सहभागीहरूलाई प्रस्तुतीका बारेमा प्रष्ट पार्नुभएको थियो।साथै श्रीमान् परराष्ट सचिवज्यूले आगामी दिनमा दूतावासहरूले निर्यात प्रबर्द्धन लगायतका आर्थिक कूटनीतिक कार्यक्रममा विशेष प्रयत्न गर्न सुझाव दिनुभएको थियो भने उक्त कार्यक्रममा विभिन्न मुलुकमा रहेका नेपाली दूतावासका महामहिम राजदूतज्यूहरू तथा सम्बन्धित पदाधिकारीहरू सहभागी हुनु भएको थियो। उक्त कार्यक्रममा देशगत रूपमा केन्द्रति रहेर निर्यात प्रबर्द्धनका रणनीति तर्जुमा गर्न निर्देशन समेत दिएको थियो।

03 फेब्रुअरी 2021 मा महामहिम राजदूतज्यू श्री सर्मिला पराजुली ढकालज्यूले नेपालको परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव श्री काली प्रसाद पोखरेलज्यूको नेतृत्वमा आएको ३ सदस्यीय भ्रमण दललाई नेपाली दूतावास मस्कटमा स्वागत गर्नुभयो।

02 फेब्रुअरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमान च्यारिटेबल संस्था (OCA)का कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महामहिम मोहम्मद अल धुलीलाई वहाँको कार्याकक्षमा भेटघाट गर्नुभयो। महामहिमज्यूले OCA ले सन् 2015 मा नेपालमा गएको भूकम्प पश्चात पुर्याएको मानवीय सहायताको लागि विशेष धन्यवाद प्रकट गर्नुभयो। उक्त संस्थाले सन् 2015 मा नेपालमा आएको भूकम्प पश्चात विविध सामाजिक कार्यहरू गरेको थियो ।

21 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि इथियोपियाकी राजदूत महामहिम एरोरित मोहम्मद यासिनज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले इथियोपिया र नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै पछिल्लो समय इथियोपियामा विकसित राजनीतिक घटनाक्रमको सफल व्यवस्थापन तथा इथियोपियाले हासिल गरेको आर्थिक विकासको गतिका बारेमा विचार विमर्श गर्नु भएको थियो।

14 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि ब्रुनाई देरुसलामका राजदूत महामहिम मादी सुलेइनी विन हाजी सइदज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो। उक्त भेटघाटमा महामहिमहरूले ब्रुनाई देरुसलाम र नेपालको द्विपक्षीय सम्बन्ध तथा पछिल्लो अवस्था लगायत आपसी सहयोगका सम्भावनाबारे जानकारी आदान-प्रदान भएको थियो।

28 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमान आउटबाउण्ड नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मार्क इभान्सलाई वहाँको कार्यालयमा भेटी त्यस सामाजिक संस्थाका गतिविधिहरू बुझ्नुभयो। उक्त सामाजिक संस्थाले सामाजिक इञ्जिनियरिङमा विशेष सहयोग पुर्याउने गरेको छ।

18 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानमा फोहोरमैला व्यवस्थापन गर्दै आएको सरकारी कम्पनी अल वियाको भ्रमण गरी त्यहाँका प्रमुख कार्यकारी अधिकृत श्री तारिक अलि सलिम अल आम्री लगायत पदाधिकारीसँग अन्तर्क्रिया गरी फोहोरमैला व्यवस्थापनबारे जानकारी लिनु भएको थियो।
सोही छलफलका क्रममा महामहिमज्यूले दैनिक जीवनयापनसँग जोडिएको फोहोरमैला व्यवस्थापन, ढलनिकास एवम् वायु प्रदुषण नियन्त्रणबारे नेपालमा भइरहेको प्रचलन तथा रणनीतिहरूबारे विचार आदान-प्रदान गर्नु भएको थियो।
यसबारे नेपाल र ओमानका सम्बन्धित निकायका पदाधिकारीहरूबीच चाँडै नै एक वेभिनारमार्फत अन्तर्क्रिया गर्ने सहमति समेत भएको छ।

25 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि हंगेरीका राजदूत महामहिम डा. टिबोर जमारीज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले हंगेरी र नेपालको कूटनीतिक सम्बन्ध, आपसी हितका साथै वैदेशिक लगानी र व्यपार प्रबर्द्धनका विषयहरूमा गहन छलफल भएको थियो।

20 जनवरी 2021 मा महामहिम राजदूत श्री सर्मिला पराजुली ढकालज्यूले ओमानका लागि अल्जेरियाका राजदूत महामहिम मोहम्मद ईर्कीज्यूलाई वहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो।उक्त भेटघाटमा महामहिमहरूले अल्जेरिया र नेपालको कूटनीतिक सम्बन्ध, मध्य पूर्व तथा उत्तर अफ्रिका क्षेत्रमा विकसित परिस्थिति एवम् कोरोना भाइरसको प्रभावलगायत विविध विषयमा छलफल भएको थियो।